एमसीसी राष्ट्रघाती भनेर गलत प्रचार गरियो : सिंह

इकागज | फागुन २५, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएका कारण वकालत गरिएको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।

उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे। ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो,’ सिंहले भने, ‘राष्ट्रघाति भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि ।’

उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेको प्रति आपत्ति जनाए। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरूले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ ।’

नेपाल अमेरिकी एक्सिसमा गयो । असंलग्ग नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन ।’ नेता सिंहले अब पाटिका सबै नेता कार्यकर्ताहरूले नागरिकको घरघरमा पुगेर बास्तबिकता बुझाउँदै कांग्रेसलाई मत दिन कांग्रेसलाई जिताउन लाग्न पर्ने बताए ।

आधिकारीक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

इकागज | फागुन २५, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आध...

प्रधानमन्त्री देउवा बिमस्टेकमा भाग लिन चैतको तेस्रो साता श्रीलंका जाने

इकागज | फागुन २४, २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रील...

निर्वाचनअघि माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिट्ब्युरो नबनाउने

इकागज | फागुन २४, २०७८

काठमाडौँ- माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको...

कांग्रेसकाे पछिल्लाे ८ जिल्लाकाे परिणाम : देउवाका तीन र कोइरालाका चार जना सभापति

इकागज | फागुन २४, २०७८

काठमाडौँ – नेपाली कांग्रेसको जिल्ला अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको परिणाम सार्वजनिक भए...