एमाले अझै संसद् विघटन गराउन चाहन्छ : प्रचण्ड

इकागज | फागुन २९, २०७८

काठमाडौँ - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अझै पनि संसद् विघटन गराउन चाहने आरोप लगाएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका हुन् । 

एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । जस कारण एमालेले संसदमा अवरोध सृजना गरेको प्रचण्डको भनाइ छ । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे । निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए । 
 

बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने, लामा बाहिरिए

इकागज | फागुन २९, २०७८

सिन्धुपाल्चोक- नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएक...

डा. बाबुराम भट्टराई भन्छन्, ‘नयाँ शीतयुद्धका मुख्य प्रतिस्पर्धी हाम्रै छिमेकमा छन्, सचेत बन्नुपर्छ’

इकागज | फागुन २८, २०७८

काठमाडौँ– जनता समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत ...

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पदाधिकारी टुंग्यायो

इकागज | फागुन २८, २०७८

सुर्खेत - नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाह...

कांग्रेसमा सकस : देउवा-पौडेल चुनावी तालमेलकाे पक्षमा, गगन-विश्वप्रकाश अर्कै कित्तामा

इकागज | फागुन २७, २०७८

काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचन परिणाम सम्झिए ...