प्रकाशमानले भने- राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ

इकागज | फागुन १९, २०७८

काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संसद्‍बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । 

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको जनाए । 

आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । 

नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसीसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे । 

नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गरे । नेता सिंहले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे । 

त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए । 

काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको सभापतित्वमा भइरहेको जिल्ला कार्यसमिति बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायतका नेताको उपस्थिति छ ।

बैठक आगामी निर्वाचनका लागि सङ्गठन परिचालन, राष्ट्रिय राजनीतिका मुद्दाका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने काममा केन्द्रित हुने कांग्रेसले जनाएको छ ।

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो - महासचिव पोखरेल

इकागज | फागुन १९, २०७८

गाेदावरी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथ...

एमसीसीविरुद्धको सभामा नारायणकाजीदेखि झलनाथ र भीम रावलसम्मलाई ल्याउने विप्लवको प्रयास

इकागज | फागुन १९, २०७८

काठमाडौँ - संसद्‍बाट एमसीसी अनुमौन भएपछि संघर्ष गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितक...

दलहरुले वैदेशिक सम्बन्धलाई सत्तामा जाने सिढी बनाए - अध्यक्ष लिङ्देन

इकागज | फागुन १८, २०७८

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले ...