राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत

इकागज | फागुन १८, २०७८

काठमाडौँ- राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्त सुरेश आचार्यले जानकारी दिए । 

राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् । 

प्रवक्ता आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् । 

यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । 

मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता छन् । 

राजसंस्थाकाे पुनर्स्थापना राप्रपा नेपालको कार्यनीति होइन- कमला थापा

इकागज | फागुन १८, २०७८

काठमाडौँ - राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट...

'व्याख्यात्मक टिप्पणी'ले एमसीसी परिमार्जन पनि गर्दैन, अमेरिकाले मान्‍नु पनि पर्दैन- मिनेन्द्र रिजाल

इकागज | फागुन १८, २०७८

 विराटनगर- नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले एमसीसी सम्झौता कुनै नेताले पनि ढंगले...

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदैन- प्रवक्ता महत

इकागज | फागुन १८, २०७८

काठमाडौँ - नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनाव...

सभामुखलाई जोडेर एमालेले गरेकाे कुप्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित : सचिवालय

इकागज | फागुन १८, २०७८

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको...

व्याख्यात्मक टिप्पणी नेताहरुलाई सुताउने न्यानो थाङ्नो मात्रै हो- खनाल

इकागज | फागुन १८, २०७८

 विराटनगर - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदबा...

विप्‍लवलाई नारायणकाजीले भने— असहमतिबीच माओवादीमा बस्न गाह्रो छ

इकागज | फागुन १८, २०७८

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले सहमतिबीच माओवादीमा बस्न गाह्रो हुने बताएका छन् । ...