माओवादी नेता श्रेष्‍ठ र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

इकागज | फागुन १८, २०७८

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्‍ठ र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । बुधबार बिहान श्रेष्ठ निवासमा नेताद्वयबीच भेटवार्ता भएको हो । 

भेटमा एमसीसी अनुमोदनपछि निम्त्याएको राजनितिक संकट र कम्युनिस्ट क्रान्तिकारी धुव्रीकरणलगायत विषयमा कुराकानी नेकपाका केन्द्रीय सदस्य असलले जानकारी दिए । उनकाअनुसार श्रेष्ठले माओवादी अध्यक्ष प्रचण्डले अन्तिममा आएर एमसीसीमा धोका दिएको बताएका थिए । 

प्रतिनिधि सभाबाट एमसीसी पास भएपछि माओवादी नेता श्रेष्ठ अध्यक्ष प्रचण्‍सँग असन्तुष्ट छन् । श्रेष्‍ठ यथास्थितिमा एमसीसी पास गर्न नहुने अडानमा थिए । संसद्‍मा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरिएपछि चन्द नेतृत्वको नेकपाले विरोध जनाउँदै संघर्ष गरिरहेको छ ।

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, तीन प्रतिवेदन पेस हुने

इकागज | फागुन १८, २०७८

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसाे १...

स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुने लोसपा अध्यक्ष ठाकुरको संकेत

इकागज | फागुन १७, २०७८

जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले...

दाहाल, नेपाल र सभामुखमाथि ओलीको ‘व्याख्यात्मक टिप्पणी’

पुष्पराज आचार्य | फागुन १७, २०७८

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेस...