एमसीसी सम्झौता स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

इकागज | फागुन १५, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई स्थगन गरेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय सहमति कायम गरेर एमसीसी सम्झौताको विषय टुंग्याउनुपर्ने बताए । 

सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै उनले सदनमा भइरहेको अवरोध पनि अन्त्य गर्नुपर्ने बताए । 

एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने र जनतालाई भ्रममा पारेर अनुमोदन गर्न नहुने अध्यक्ष लिङ्देनकाे भनाइ छ । 

वैदेशिक सम्बन्धलाई सत्ताको भर्‍याङ बनाउन नहुने भन्दै उनले वैदेशिक सहयोगलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । 
 

सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल

इकागज | फागुन १५, २०७८

काठमाडौं - राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने ...

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न : सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?

इकागज | फागुन १५, २०७८

काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न...

एमालेलाई पनि एमसीसीमाथिको छलफलमा सहभागी गराउनु पर्छः लीलादेवी सिटौला

इकागज | फागुन १५, २०७८

काठमाडौं – जसपा सांसद लीलादेवी सिटौलाले एमसीसीमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि ...