एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीकाे निर्णय

इकागज | फागुन ९, २०७८

काठमाडाैँ –   सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । 

सोमवार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरुलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताए । उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए ।

प्रवक्ता खतिवडाले भने, ‘हाम्रो सचिवालयको बैठक जारी छ । आज छलफलको लागि समय पुगेन । हामी एमसीसीको यो प्रश्तावको संसदमा दर्ता भएको प्रश्तावको विपक्षमा उभिनेछौँ । विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ । यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला । हामी आफ्नो पार्टीको पोजिसन स्पष्ट गर्न चाहन्छौँ । हिजो दर्ता गरिएको एमसीसीको प्रस्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ । सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यक्ता थियो । सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ ।’

प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यक्ता भएको पनि बताए। 

कांग्रेस नेता पौडेललाई दाहालले भने : गठबन्धन टुट्दैन, एमसीसी संसदले टुंगाे लगाउँछ

इकागज | फागुन ९, २०७८

काठमाडाैँ – सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्...

एमसीसीविरुद्ध महाेत्तरीमा निस्के एमाले, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा

इकागज | फागुन ९, २०७८

महोत्तरी- सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्र...

एमसीसी पास गराउन सत्तारुढ पार्टीका अध्यक्षसँग रामचन्द्र पौडेलको भेटवार्ता

इकागज | फागुन ९, २०७८

काठमाडाैँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन सत्तारुढ दलका अध्यक्षसँग भेटवार्ता ...

एमसीसी पास वा फेल जे भएपनि एकीकृत समाजवादी सरकारबाट बाहिरिदैंन- मेटमणि चौधरी

इकागज | फागुन ९, २०७८

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भएपनि आफ्नो पा...

प्रचण्ड र माधवले सरकारमा बस्ने नैतिक अधिकार गुमाएः सञ्जयकुमार गौतम

इकागज | फागुन ९, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्...

एमसीसीविरुद्धकाे आन्दोलनप्रति ओलीकाे आक्रोश- प्रहरीलाई ढुंगा नहान भन्‍ने कोही भएनन्

इकागज | फागुन ९, २०७८

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले केही दिनयता काठमाडौंको सडकमा भएका एमसीसीव...