काँग्रेस र एमालेका करिब दुई दर्जन नेता-कार्यकर्ता माओवादीमा प्रवेश

इकागज | फागुन ९, २०७८

काठमाडौँ - नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्ले‍पकमल दाहाले पार्टीमा स्वागत गरेका छन् । 

माओवादी केन्द्रले दिएको जानकारी अनुसार रौतहट एमालेका स्थानीय नेता कामेश्वर प्रसाद साह कानूसहितका कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । त्यस्तै सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । 

आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै भएको बताए ।  मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको उनको भनाइ थियो ।

एमसीसीबारे शक्ति केन्द्रहरूका दबाबमा होइन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं : भट्टराई

इकागज | फागुन ९, २०७८

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका...

यथास्थितिमा एमसीसी पारित गर्न सकिँदैन, हामी आफ्नाे निर्णयमा प्रतिबद्ध छाैँ : नेपाल

इकागज | फागुन ८, २०७८

काठमाडाैँ – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा ए...

एमसीसी सम्झौता निर्णयार्थ पेस हुनुअघि माओवादी सरकारबाट बाहिरिन्छ : नारायणकाजी श्रेष्ठ

इकागज | फागुन ८, २०७८

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमस...

एमसीसीमा माओवादी र नेकपा एसको बिरोध: तयारीसहित मञ्चन गरिएको भद्दा नाटक

इकागज | फागुन ८, २०७८

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गर...