एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह

इकागज | फागुन १०, २०७८

काठमाडौं – पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् ।

जनस्तरमा बिरोध भइरहँदा समेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको उल्लेख गरेका छन् ।

मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । 'मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚' गौतमले भनेका छन्, 'यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।'

एमसीसीका कारण अमेरिकासँगको सम्बन्धमा समस्या उत्पन्न भए त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार हुने उनको भनाइ छ । 


 

देउवालाई ओलीको सन्देश : सरकार ढाल्दैनौं, दुई तिहाई नजिक पुर्‍याउँछौं

इकागज | फागुन १०, २०७८

काठमाडौं – एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछि...

गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

इकागज | फागुन १०, २०७८

तनहुँ - नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुल...

एमसीसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा

इकागज | फागुन १०, २०७८

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्न...

पार्टी निर्णयविपरीत बोल्ने भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ : महेश बस्नेत

इकागज | फागुन १०, २०७८

धनगढी - एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसद्‍मा आफ्ना धारणा राखेको ...

माओवादीको चुनावी रणनीति : गाउँगाउँमा ज्योतिषीदेखि धामीझाँक्री र धर्म गुरुसम्‍म

इकागज | फागुन १०, २०७८

काठमाडौँ- नेकपा माओवादी केन्द्रले चुनाव केन्द्रित सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले च...