एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्छ : झलनाथ खनाल

इकागज | फागुन ८, २०७८

काठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताए । उनले संविधान विपरीत एमसीसीलाई सदनमा पारित गर्न नहुने बताए । उनेले एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पर्ने काम गरिएको धारणा राखे ।

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने बताए । उनले प्रक्रियाअनुसार परियोजना अनुमोदनका लागि अघि बढ्ने उल्लेख गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको बताए । अहिले एमसीसी संसदमा टेबल भएको भए पनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको उहाको भनाइ छ ।  केही दलहरुको बिरोधबीच आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएको छ । 

एमसीसीमा देउवा र कार्कीको संयोगः हस्ताक्षर गर्नेदेखि संसदमा टेबुल गर्नेसम्म

इकागज | फागुन ८, २०७८

काठमाडौं - विवादकाकीच सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग म...

माओवादी नेता गजुरेल भन्छन्- एमसीसी पारित हुने अवस्था आए हामी सरकार छाड्छौँ

इकागज | फागुन ८, २०७८

काठमाडौं - सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज क...