एमसीसीबारे निर्णय लिन समाजवादीको स्थायी कमिटी बैठक बस्‍दै

इकागज | फागुन ७, २०७८

काठमाडौँ- एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । 

उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ- प्रधानमन्त्री

इकागज | फागुन ६, २०७८

काठमाडाैँ- प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञ...

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ : प्रवक्ता कार्की

इकागज | फागुन ६, २०७८

काठमाडौँ- सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा ...

एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयो : मन्त्री कार्की

इकागज | फागुन ५, २०७८

काठमाडौं – सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भ...