ओलीलाई विश्वप्रकाशको सुझाव: इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !

इकागज | फागुन १५, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी पारित गर्न नेकपा एमालेल पनि साथ दिनुपर्ने बताएका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गराउन संसद्‍मा दर्ता गरेको भन्दै आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनुपर्ने ओलीको नैतिक कर्तव्य भएको बताएका हुन् ।

'केपी ओली प्रम रहेको सरकारले एमसीसी अनुमोदन गराउन संसदमा दर्ता गरेको प्रस्ताव यो बेला निर्णयार्थ पेश हुँदैछ ,' उनले भनेका छन्, 'आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उहाँको नैतिक कर्तव्य बन्दछ l इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !'

 

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

इकागज | फागुन १५, २०७८

काठमाडौँ- सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पा...

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादीकै चार नेताको असहमति

इकागज | फागुन १५, २०७८

काठमाडौँ – व्याख्यात्मक घोषणासहित संसद्‍बाट एमसीसी अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादी केन्द्रका...