एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली

इकागज | फागुन १७, २०७८

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । 

मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ । 

यद्यपि, यही घोषणालाई समातेर नेतृत्वमा रहेकाहरूलाई समात्न सकिने बाटो भने बनेको उनले बताए । 

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरीत नहुने गरी, स्वाधिनताको विपरीत नहुने गरी, सार्वभौम नेपालीको स्वतन्त्रतामा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानु पर्ने बताए ।  
 

पशुपतिनाथमा नेपाली पुजारी राख्‍न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती

इकागज | फागुन १७, २०७८

काठमाडौँ- माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजा...

जसपा अध्यक्ष उपेन्द्र यादवको अधिकारमा कटौती, निर्वाचनमा अशोक राईको हस्ताक्षर चल्ने

इकागज | फागुन १७, २०७८

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र...

राप्रपा केन्द्रीय समितिको दोस्रो बैठकः संगठन सुदृढीकरण प्राथमिकतामा

इकागज | फागुन १७, २०७८

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारदेखि सुरू हुने दोस्रो केन्द्रीय समिति बै...