झण्डै ५० प्रतिशत मत खस्यो, फेरि मतदान सुरु

इकागज | मंसिर २७, २०७८

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा झण्डै ५० प्रतिशत मत खसेको छ । सोमबार बेलूकी ५ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार बेलूकी ५ बजेसम्म २२ सय भन्दा धेरै मत खसेको हो । जम्मा ४७ सय प्रतिनिधिमध्ये झण्डै ५० प्रतिशतले मतदान गरेको समितिले जनाएको छ ।

यस्तै मतपत्र छापिएर आएपछि फेरि मतदान सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको मतदानमा मतपत्र सकिएपछि फेरि छाप्न पठाइएको थियो । फेरि छापिएर मतपत्र आएपछि बेलूकी सवा ५ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

राती ९ बजेसम्म मतदान सकिएमा आजै राती नै सभापतिको मतगणना सुरु हुने जनाइएको छ । 


 

नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा छः उपाध्यक्ष शाक्य

इकागज | मंसिर २७, २०७८

काठमाडौँ- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा रहेको बता...

पूर्व राजालाई राजेन्द्र लिङ्देनको उपाध्यक्ष भएर बस्‍न माधव नेपालको सुझाव

इकागज | मंसिर २७, २०७८

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल म...

रामचन्द्र र शशांक आफ्ना भए भन्दै बालुवाटारले प्रचार गरेपछि...

इकागज | मंसिर २७, २०७८

काठमाडौँ- प्रधानमन्त्री पद राज्यको विशिष्ट पद हो । प्रधानमन्त्री पार्टीको नेता नै हुन्छ । प्रधानमन्त्रीको...

गगन थापाको अपिल : भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुस्

इकागज | मंसिर २७, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवे...

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ : दाहाल

इकागज | मंसिर २७, २०७८

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको ह...