२००६ मतगणना अपडेट :  यस्तो छ पछिल्‍लो मतपरिणाम

इकागज | मंसिर २८, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।  

२००६ मतगणना गर्दा शेरबहादुर देउवाले ९५८ मत पाएका छन् । डा .शेखर कोइरालाले ७२६ मत ल्याएका छन् । बिमलेन्द्र निधिले ११७ भोट ल्याउँदा प्रकाशमान सिंहले १५३ र कल्याण गुरुङले ७ भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ । 

राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५१ प्रतिशत मत हो । यदि ५० प्रतिशतभन्‍दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।

सभापतिका उम्मेदवार बिमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि नआउँदा मतगणना सुरु भएन

इकागज | मंसिर २८, २०७८

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापति पदको लागि भएको मतदानको गणना राति १...