डडेलधुरामा देउवासँग विद्रोह गरेका कर्ण मल्ल, निधिलाई साथ दिए तर निधि नै देउवासँग मिलिदिए
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यतामा हस्तक्षेप गरेको तथा छोरालाई क्षेत्रीय प्रतिनिधि उठाएकोमा देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्ण मल्ल देउवासँग बिच्किए । फलस्वरूप महाधिवेशनमा उनी विमलेन्द्र निधितर्फ लागे ।
वडा अधिवेशनदेखि नै प्रधानमन्त्री देउवाको विपक्षमा निधि समूहमा लागेका उनी निधिले देउवालाई समर्थन गरेपछि आफू अप्ठेरोमा परेको बताएका छन् । आफूले सभापतिमा समर्थन गरेका नेताहरु देउवासँग मिलेपछि कतिपय महाधिवेशन प्रतिनिधिले दोस्रो चरणमा भएको सभापतिको मतदान बहिष्कार गरेका हुन्।