एमाले बैठकमा १५ एजेण्डामाथि छलफल सुरु

इकागज | मंसिर २५, २०७८

काठमाडौँ- एमालेको चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक भक्तपुरमा सुरु भएको छ । बैठकमा १५ वटा एजेण्डामा छलफल सुरु भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

भक्तपुरमा सुरु भएको बैठकमा निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यलाई प्रमाणपत्र वितरण गरेपछि अध्यक्ष केपी ओलीको अध्यक्षता बैठक सुरु भएको हो । 

बैठकले चितवनमा शपथ लिन बाँकी भएका सदस्यको शपथग्रहण गराउनेछ भने १०औँ महाधिवेशनको सामान्य समीक्षा गर्नेछ । 

पार्टी विधानको धारा ६५अनुसारका केन्द्रीय सदस्यहरूको मनोनयन पनि बैठकले गर्ने रिजालले जानकारी दिए । 

उनका अनुसार जारी ९९ सदस्यीय पोलिट्व्युरो, ४५ सदस्यीय स्थायी कमिटी, केन्द्रीय कमिटीकै संख्या बराबरको केन्द्रीय सल्लाहकार परिषद् गठन गर्दै छ । 

बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । 

त्यस्तै जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्ने, विधानको सम्पादन गरी नियमावली संशोधन गर्ने, बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा छन् । 

रिजालका अनुसार बैठकले केन्द्रीय कार्यालय व्यवस्थापनका लागि तुल्सीलाल स्मृति भवनमा पार्टी कार्यालय सञ्चालन गर्न संरचना निर्माण गर्न पार्टीले लगानी गर्ने निर्णय गर्ने प्रस्ताव पेस गर्ने छ भने पार्टी प्रवेश अभियानको सुरुवात गर्ने निर्णय गर्ने, पार्टीका केन्द्रीय सदस्यहरूको वरीयता निर्धारण गर्ने र जनसंगठनहरूको सुदृढीकरण अभियान घोषणा गर्नेछ । 
 

रामचन्द्र पौडेलको विज्ञप्ति : कांग्रेस संसदीय विचलनबाट हात लागेको सत्तामा रमाइरह्‍यो

इकागज | मंसिर २५, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेका छन् । १४ औँ महाधिवेशनमा स...

संस्थापन पक्षले टुंग्यायो प्रदेश र समावेशीका केन्द्रीय सदस्यका उम्‍मेद्‌वार (नामसहित)

इकागज | मंसिर २५, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशीतर्फका केन्द्रीय सदस्यहरूको उम्मेद्‌व...

माओवादी कर्णाली अधिवेशन, नेतृत्वको लागि १६ जना आकांक्षी (नामसहित)

इकागज | मंसिर २५, २०७८

सुर्खेत- नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर–६ स्थि...

'आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरेँ, आजदेखि तपाईंहरू आ-आफ्नो संरक्षण गर्नुहोस्’

इकागज | मंसिर २५, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा प्रतिस्पर्धामा देखिने छैनन् । मह...