कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीय साइतमा

इकागज | मंसिर २४, २०७८

काठमाडौँ- नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ । 

काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । 

‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’  महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए ।

महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए । उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।
 

माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

इकागज | मंसिर २४, २०७८

पोखरा - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रति...

कांग्रेसमा संस्थापन इतर समुहबाट शेखर र प्रकाशमानले सभापतिमा उम्मेद्वारी दिने

इकागज | मंसिर २३, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समुहबाट अन्ततः दुई जना नेताले नै सभ...