पूर्वराजाको सचिवालयले भन्यो : ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन

इकागज | मंसिर २३, २०७८

काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ । 

सूचनामा भनिएको छ, 'मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।' त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ । न्युजकारखाना
 

गगन थापालाई गोकुल बास्कोटाको जवाफ : भृकुटीमण्डप पनि ओलीवेशनमय हुने भएछ

इकागज | मंसिर २३, २०७८

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेस महाधिवेशनका उम्मेदवार गगन थापालाई जवाफ...

संसद चल्न दिन्‍नाैं, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौं- एमाले

इकागज | मंसिर २३, २०७८

काठमाडौँ- नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै  प्र...

सञ्‍जय गौतमद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

इकागज | मंसिर २३, २०७८

काठमाडौँ -  पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति सञ्जयकुमार गौतमले १४औ...

'जिल्लाको अनुभवलाई केन्द्रमा स्थापीत गर्न केन्द्रीय सदस्य लड्दै छु'

इकागज | मंसिर २३, २०७८

लम्जुङको राजनीतिमा स्थापीत नाम हो कृष्णप्रसाद कोइराला । नेपाली कांग्रेस लमजुङका पूर्वसभापतिसमेत रहेका उ...

अहिलेको महाधिवेशन नेपाली काँग्रेसको लागि अत्यन्तै महत्वपूर्ण छ : देउवा

इकागज | मंसिर २३, २०७८

काठमाडौँ - प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा...