एमालेको झण्डा अब बाँदरका हातमा सुम्पिने अवस्था आउँछः माधव नेपाल

इकागज | मंसिर २१, २०७८

सुनसरी- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताएका छन् । 

मंगलबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनु भएकाे हाे । 

 एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान चाहिने भएकाले गैंडालाई थमाइएको समेत बताए । 

अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको समेत दाबी गरे । उनले गठबन्धनको सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा समेत गरे । 

अध्यक्ष नेपालले भने, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन, माक्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाई दिइसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर ।’ 

अध्यक्ष नेपालले एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गरे । 

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सह-महामन्त्रीको उम्मेदवारी घोषणा

इकागज | मंसिर २१, २०७८

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सह-महामन्त्री ...

राष्ट्रियसभा सदस्य पन्थले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

इकागज | मंसिर २१, २०७८

काठमाडौँ - नेपाली कांग्रेका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य...

एक हजार ब्यालेट बक्स, २९ वटा मतपत्र, २९३ बढी स्पट पोइन्टबाट मत हाल्न सकिने

इकागज | मंसिर २१, २०७८

काठमाडौँ- नेपाली काँग्रेस आसन्न १४औँ केन्द्रीय महाधिवेशनको अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ द...

कांग्रेस महामन्त्रीका दाबेदार साउदले खोले सम्पर्क कार्यालय

इकागज | मंसिर २१, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका ...

डा.मुक्ति श्रेष्ठले कांग्नेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

इकागज | मंसिर २१, २०७८

अर्घाखाँची - नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा. मुक्ति श्रेष्ठले पार्टीको १४...

संस्थापनइतरमा फुटैफुटले देउवा सुरक्षित, महामन्त्रीमा भीषण प्रतिस्पर्धा

इकागज | मंसिर २१, २०७८

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला र प्रदेश अधिवेशनमा स्पष्ट बहु...