केन्द्रीय सदस्य परियारले सह-महामन्त्री पदमा उम्मेदवारी दिने

इकागज | मंसिर २१, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा परियारले हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सह-महामन्त्री पद राखिएको भन्दै उनले समावेसी क्लस्टर अनुसार सह-महामन्त्रीको उम्मेदवारी घोषणा गरेको बताए । 

पार्टीको विचार र दृष्टिकोण सहि ढंगले प्रस्तुत गर्नुपर्ने र आफुले पार्टीलाई अग्रमोर्चामा लैजान भूमिका खेल्ने उनले बताए । परियारले आफुलाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे । 

राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्‍नँ : कमल थापा

इकागज | मंसिर २१, २०७८

काठमाडौँ- राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप रहेको भन्दै ...

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्‍न सुन्धारा, ठमेल र गौशालाका ८६ होटल बुकिङ

इकागज | मंसिर २१, २०७८

कांग्रेस- नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका म...

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो

इकागज | मंसिर २१, २०७८

काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु ...

संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार चयन हुने प्रकाशमानको दाबी

इकागज | मंसिर २१, २०७८

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापति...

कांग्रेसका युवाको निस्कर्षः सभापतिमा साझा उम्मेदवार बनाएरै छोड्ने, नेता सहमत नभए गोप्य मतदान गराउने

इकागज | मंसिर २१, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको युवा नेताहरुले देउवाको विकल्पमा साझा उम्मेदवार तय गर्न हस्तक्षेपकारी भ...

माओवादी राष्ट्रिय सम्मेलन : प्रतिनिधिहरूले खाने र बस्‍ने व्यवस्था आफैले गर्नुपर्ने (परिपत्रसहित)

इकागज | मंसिर २१, २०७८

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले परिपत्र जारी गरेका छन् । मंसिर १७ गते अध्यक्ष...

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय

इकागज | मंसिर २१, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवे...