बागमती प्रदेश अधिवेशन:

सभापतिमा बानियाँलाई सिटौला समूहका प्रधानको समर्थन

इकागज | मंसिर १९, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ । मतदान अहिलेसम्म सुरु हुन सकेकाे छैन् ।

पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।

पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । प्रधानले एक सय ९७ मत ल्याएका थिए । उनी कृष्णप्रसाद सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका थिए । केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ ।

दोस्रो स्थानमा मत पाउने संस्थापन इतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । न्युज कारखाना

 

होटल याक एन्ड यतिमा कमल थापा समूहको निष्कर्ष : अब ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने

इकागज | मंसिर १९, २०७८

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘...

६ महिनाभित्र राजसंस्‍था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउँछु : नवनिर्वाचित अध्यक्ष लिङ्देन

इकागज | मंसिर १९, २०७८

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र  लिङ्देनले ६ महिनाभित्रमा...

पूर्वराजाप्रति थापाले दिएको अभिव्यक्ति रोचक र मार्मिक लाग्यो : बाबुराम

इकागज | मंसिर १९, २०७८

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र ...

कांग्रेस कर्णालीको पदाधिकारीमा संस्थापन पक्षकै वर्चस्व

लक्ष्मी भण्डारी | मंसिर १९, २०७८

सुर्खेत- नेपाली कांग्रेसको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कार्यसमितिका सबै पदाधिकारीमा संस्थापन...

राप्रपामा कमल थापाको राजनीति : आफैँले लेखेको गीत जस्तै ‘तीन पाते डाँडा काटेर’

इकागज | मंसिर १९, २०७८

काठमाडौँ- कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला ...

वीपीदेखि केपी ओलीसम्म कनेक्सन भएका शर्मा कांग्रेस गण्डकीको सभापति निर्वाचित

इकागज | मंसिर १९, २०७८

पोखरा - शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बने...