राप्रपाको मतदान जारी, अझै १५ सय मत खस्‍न बाँकी

इकागज | मंसिर १८, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले अझै लम्बिने भएको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म २९ सय मत खसेको छ । अझै १५ सय मत खस्न बाँकी रहेको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् । राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।

उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदान अन्योलमा परेको बताइएको छ । मतदानका लागि बढीमा १५ मिनेट लाग्नेमा प्रतिनिधिले आधा घण्टासम्म लगाउने गरेका छन् । निर्वाचन अधिकृत बस्नेतले आजै मतदान सकेर राति नै मतगणना गरिने बताए ।

माओवादी केन्द्र खोटाङ-काठमाडौं सम्पर्क समिति अध्यक्षमा राई

इकागज | मंसिर १८, २०७८

खोटाङ - नेकपा माओवादी केन्द्र खोटाङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । श...

जातीय र सामर्थ्यका आधारमा राज्यको पुनर्संरचना गर्ने विषय छोडेको छैन : डा. बाबुराम भट्टराई

इकागज | मंसिर १८, २०७८

काठमाडौँ - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको पुनसंरच...

कांग्रेसमा एक व्यक्ति, एक पद, एक कार्यकाल हुनुपर्छः महेश आचार्य

बाबुराम भण्डारी | मंसिर १८, २०७८

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीभित्र बैचारिक बहस हुन छाडेको र नेतृत्वमा...