महोत्तरी कांग्रेस विवाद : मतदान अधिकृत फेरि बाहिरिए

इकागज | मंसिर २३, २०७८

महोत्तरी- नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को झगडा उत्कर्षमा पुगेको छ । निर्वाचनस्थल निर्धारण गर्ने विषयमा दुई पक्षबीच भएको मत विभाजनले मतदान अधिकृत नै बाहिरिएका छन् । केन्द्रले नै स्थान निर्धारण नगरेसम्म निर्वाचन गराउन नसकिने भन्दै मतदान अधिकृत हेम बहादुर कार्की  बाहिरिएका हुन् ।

संस्थापन इतरका बिमलेन्द्र निधी प्यानल र रामचन्द्र पौडेल प्यानलबीच निर्वाचन स्थल निर्धारण गर्ने विषयमा विवाद सिर्जना भएपछि आफू बाहिरिएको अधिकृत कार्कीले बताए ।

'बुधबार दिनभर निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बैठक बसियो । तर, दुई पक्षबीचको झगडाले निष्कर्षबिहीन बन्यो,' कार्कीले भने । केन्द्रले नै स्थान निर्धारण नगरेसम्म क्षेत्र नम्बर ३ को अधिवेशन विवाद सावधान नहुने उनको तर्क छ ।

एक पक्षले निर्वाचन पिपरा नगरपालिकामा हुनु पर्ने र अर्को पक्षले सदरमुकाम जलेश्वरमा हुनुपर्ने अडान राख्दै आएका छन् । निर्वाचन बिना नै सर्वसम्मतिमा  दुवै प्यानलका उम्मेदवारले निर्वाचित हुनुपर्ने अडान राखेपछि पटक-पटक निर्वाचन बिथोलिएको थियो ।

क्षेत्र नम्बर ३ मा  कहिले जवर्जस्त निर्वाचन अधिकृतलाई दबाबमा पारेर उम्मेदवार प्रमाणित गर्न लगाउने त कहिले बन्दसत्रमा नै दुई पक्षबीच झडप हुने जस्ता हर्कतले पछिल्लो समय  निर्वाचनको वातावरण नै असुरक्षित बन्दै आएको छ ।

सभापतिका आकांक्षीमा मनोज झा, रागबेन्द्र झा र रामु यादव रहेका छन् । मनोज झा र रामु यादव बिमलेन्द्र निधी निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।

संस्थापन इतरका दुवै पक्षबीच अन्तिममा आएर निर्वाचन स्थलमा भएको विवादले निर्वाचन नै नगर्ने चलखेल भइरहेको नेपाली कांग्रेस निकट महोत्तरीका नेता तथा कार्यकर्ताले आरोप लगाएका छन् ।

यता मतदान अधिकृत हेम बहादुर कार्कीले स्थान निर्धारण गर्न केन्द्रलाई सुझाव दिएपछि पिपरामा गर्ने कि जलेश्वरमा गर्ने भन्ने विषयमा अहिले केन्द्रमा  गृहकार्य भइरहेको केन्द्रबाट महोत्तरीमा आएका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

स्थान निर्धारण हुनासाथ तुरुन्तै निर्वाचन गरेर क्षेत्र नम्बर ३ को समस्या सावधान हुने पनि उनको दाबी छ । यसअघि प्यानल उम्मेदवारहरूबीच विवाद हुँदाहुँदै मतदान अधिकृत धिरेन्द्र मण्डललाई जबरजस्ती दबाबमा पारेर  प्रमाणपत्र वितरण गरेको भन्दै केन्द्रले क्षेत्र नम्बर ३ को सम्पूर्ण प्रमाणपत्र खारेजी गरी  निर्वाचन प्रक्रियामा जान निर्देशन दिएको थियो ।
 
केन्द्रीय महाअधिवेशनमा सहभागी बन्न बिहीबारसम्म जसरी पनि क्षेत्र प्रतिनिधि निर्वाचित भइसक्नुपर्ने नेपाली कांग्रेसको प्रावधान छ ।

कांग्रेस केन्द्रीय सदस्यमा मन्त्री दोबाटे विश्वकर्माको उम्मेदवारी घोषणा

इकागज | मंसिर २२, २०७८

पोखरा : गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्माले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्...

'निर्मल निवासको हस्तक्षेप'बारे छानबिन गर्न राप्रपा नेताको माग

इकागज | मंसिर २२, २०७८

काठमाडौं - पार्टीको राष्ट्रिय महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे छानबिन गर्न राष्ट्रिय प्रजातन्त्...

‘एक व्यक्ति एक पद’ कायम गर्न कांग्रेस सभापतिमा मेरो उम्मेदवारी (घोषणा पत्रसहित)

इकागज | मंसिर २२, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापीत...

बुढानीलकण्ठमा देउवा समूहको बैठक : महामन्त्रीमा खाण, महत र साउदको दाबी

इकागज | मंसिर २२, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनअन्तरगर्त आफ्नो पक्ष...

गजेन्द्र हमालले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

इकागज | मंसिर २२, २०७८

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेर विवादित भएसँगै राजीनामा दिए...