दाहालले गरे एन्टिजेन परीक्षण
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एन्टिजेन परीक्षण गरेका छन् । सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।
प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।