मेलम्चीको गोल्मास्थान मतदान केन्द्रमा विवाद भएपछि पुनः मतदान रोकियो

इकागज | बैशाख ३०, २०७९

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ मा मतदान रोकिएको छ । 

इच्छाएको व्यक्तिलाई मत दिने विषयमा दुई पार्टीका प्रतिनिधि बीच विवाद भइराख्दा पर्खाल नाघेर एमाले कार्यकर्ता मतदानस्थल प्रवेश गरेपछि मतदान रोकिएको हो । 

गोल्मास्थान स्वास्थ्य चौकी मतदान केन्दमा बसेका नेकपा माओवादी र नेपाली कांगेसका प्रतिनिधिबीच इच्छाएको व्यक्तिलाई मत दिने भन्ने विवाद भइराख्दा एमाले कार्यकर्ता भित्र छिरेपछि विवाद भएको पत्रकार युवराज पुरीले जानकारी दिए । 

 एमालेका तीन कार्यकर्ता पर्खाल चढेर मतदानस्थल प्रवेश गरेका थिए ।

अहिले उक्त मतदानस्थलमा मतदान रोकिएको छ । यसअघि बिहान पनि कांग्रेस एमाले कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो । 

मतदानस्थलमा सेनाले बन्दुक ताकिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल छ । 

उम्मेदवारले खाजा खाएको निहुँमा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकियो

इकागज | बैशाख ३०, २०७९

काठमाडौँ - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा उम्मेदवारले खाजा खाएको निहुँ...

सिन्धुपाल्चोकको क्षमादेवी मावि मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

इकागज | बैशाख ३०, २०७९

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ को क्षमादेवी मावि मतदान केन्द्रमा गोली चलेको छ ।&...

नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भयोः स्वास्थ्य मन्त्री लामा

इकागज | बैशाख २९, २०७९

हेटौंडा - बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्रा...

प्रचण्डले पुलिस स्कुलबाट मतदान गर्ने, भरतपुरमा मेयरका उमेदवारहरूले कहाँबाट गर्दैछन् मतदान ?

इकागज | बैशाख २९, २०७९

चितवन- स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसके...

मकवानपुरमा निर्वाचन तयारी पूरा, झण्डै ४ हजार सुरक्षाकर्मी र ३ हजार कर्मचारी परिचालन हुँदै

इकागज | बैशाख २७, २०७९

मकवानपुर । आगामी शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि मकवानपुरमा निर्वाचन आयोगले तयारी...