चौताराको मत परिणाम : माओवादीलाई उछिन्दै एमालेको अग्रता

इकागज | बैशाख ३१, २०७९

काठमाडौँ- ​सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ६ सय मत गणना गर्दा एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले १८५ मत पाएका छन् ।

माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटाले १८० मत पाएका छन् । यसअघि माओवादीका सापकोटाकव अग्रता थियो ।

त्यस्तै कांग्रेसका उम्मेदवार केशवराज गिरीले १५० मत ल्याएका छन् ।

उपमेयरमा नेकपा समाजवादीकी सीता थापाले १५२ मत पाएकी छन् भने एमालेकी बालकुमारी सापकोटाले १९३ मत पाएकी छन् । त्यस्तै कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले १५५ मत पाएकी छिन् । मत गणना जारी छ ।
 

धुलिखेल नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका लामा निर्वाचित

इकागज | बैशाख ३१, २०७९

काभ्रे- काभ्रेपलाञ्‍चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर...

सिन्धुपाल्चोकको सिन्धुकोटमा विवाद हुँदा प्रहरीले गर्‍यो हवाइ फायर

इकागज | बैशाख ३०, २०७९

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ सिन्धुकोटमा मतदाताले मत हाल्न नपाएपछि भएको विवाद नियन्त्र...