रेणुले बढाउँदै मतान्तर

इकागज | जेठ १, २०७९

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल फेरि अघि लागेकी छिन् । उनले ९ सय ८० मत प्राप्त गरेकी छिन् । 

दुई हजार ५ सय ८१ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले ९ सय ८० मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ ल्याएका छन् । हाल महानगर १ मा मतगणना भइरहेको छ ।

अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेकाे छ ।

यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 

काठमाडौँ महानगर : बालेन सात सय मतान्तरले अगाडि, स्थापित र सिंहले कति पाए मत ?

इकागज | जेठ १, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।...

ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अगाडि, हरिकृष्णको कति ?

इकागज | जेठ १, २०७९

ललितपुर- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि ...

चौतारा साँगाचोकगढी-३ को वडाध्यक्षमा कांग्रेसलाई ३५ मतान्तरले हराउँदै एमालेका तामाङ विजयी

इकागज | बैशाख ३१, २०७९

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-३ मा नेकपा एमालेका उम्मेदवार टेक बहादुर तामाङ...

महाभारत गाउँपालिका–१ मा माओवादीका कान्छा मान जिम्बा विजयी

इकागज | बैशाख ३१, २०७९

काभ्रे - काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका कान्छा मान जिम्बा विजयी भएक...