प्रदेश अस्पतालमा चाप बढ्दो, अधिकांश स्वास्थ्यकर्मी करारका

लक्ष्मी भण्डारी | बैशाख २१, २०८०

सुर्खेत- पछिल्लो समय सुर्खेतस्थित प्रदेश अस्पतालमा बिरामीको चाप बढ्दो छ । गर्मीयाम बढेसँगै दिनप्रतिदिन अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । बिरामीको चाप बढी भएर थेग्नै सकस भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जनाए ।

कर्णाली प्रदेशका १० वटा जिल्ला र सुदूरपश्चिमका केही जिल्लाका बिरामीहरू सेवा लिन यहाँ आउने गर्दछन् । अस्पतालमा अहिले दैनिक १ हजार भन्दा बढी बिरामी आउने गरेको बस्नेले बताए । धेरै बिरामी भएकाले साँझ ५ बजेसम्म अस्पतालको ओपीडीमै लाइन देखिने गरेको छ ।

अस्पतालमा अहिले तीन सय बेड सञ्चालनमा छन् । अस्पतालमा अप्रेशन गर्ने बिरामीको पनि चाप बढिरहेको छ । अहिले अस्पतालमा झन्डै ५० जनाको विभिन्न शल्यक्रिया हुने गरेको छ । इमर्जेन्सीबाहेक अन्य बिरामीले अप्रेशनका लागि लामो समयसम्म अस्पतालमा पालो कुर्नुपर्ने अवस्था छ ।

प्रदेश अस्पतालमा बिरामी चेकजाँचसँगै मिर्गौला र पित्तथैलीको पत्थरीको अप्रेशन गरिरहेको छ, जसमा दैनिक १० जनासम्मको अप्रेशन भइरहेको छ  । त्यस्तै एपेन्डिसाइड, गर्भवतीको सीएस, हाडजोर्नी, मेरुदण्ड र न्युरो सर्जरी पनि भइरहेको छ । त्यसैगरी हप्ताको दुई दिन आँखाको मोतियाविन्दु र अन्य अप्रेशन पनि हुने गरेकाे उनको भनाइ छ ।

अहिले अस्पतालमा साढे ४ सय कर्मचारी कार्यरत छन्  । तीमध्ये झन्डै ८० प्रतिशत करारका कर्मचारी रहेका छन् । अधिकांश स्वास्थ्यकर्मीहरू करारका रहेको उनले बताए । बिरामीको चापअनुसार स्वास्थ्यकर्मीको संख्या भने न्यून भएको बताए ।

प्रहरी निरीक्षक चापागाईंबाट निर्घात कुटिए प्रहरी हवल्दार आरसी

इकागज | बैशाख १७, २०८०

सुर्खेत- जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारला...

आदिवासी जनजाति आयोगले राउटेलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ : प्रदेश प्रमुख परियार

इकागज | बैशाख १२, २०८०

कर्णाली- कर्णाली प्रदेश प्रमुख तिलक परियारले आदिवासी जनजाति आयोगले राउटे समुदायलाई राज्यको मूल प्रवाहमा...

कर्णालीमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको कमी छ : मुख्यमन्त्री शर्मा

इकागज | बैशाख ११, २०८०

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा बजेट कार्यान्वयनको लागि चाहिने आवश्यक कर्म...