कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण

इकागज | भदौ १३, २०७९

सुर्खेत- कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् ।

सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।

माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो । यसअघि माओवादी केन्द्रबाट योजना मन्त्रीमा विन्दमान विष्ट र ऊर्जा मन्त्रीमा गणेशप्रसाद सिंह थिए ।

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिम र कर्णालीमा सार्वजनिक बिदा

दीपक उपाध्याय | भदौ १२, २०७९

कैलाली - दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी) पर्व मनाउँदै छ...