छायानाथ राराको सय दिन : फोहोर व्यवस्थापनदेखि अवरुद्ध सडक सुचारुसम्म

इकागज | भदौ २३, २०७९

मुगु- मुगुको छायानाथ रारा नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए पश्चात् नगर प्रमुख विष्णुकुमार भाम र जनप्रतिनिधिले सय दिनको अवधिमा गरेकाे उल्लेखनीय कामको प्रगति सार्वजनिक गरेका हुन् ।  

नगर प्रमुख भामले कार्यभार सम्हालेको एक सय दिन पुगेपछि उनले सय दिनको अवधिमा आफूले गरेका काम अर्थात् प्रगति विवरण सार्वजनिक गरेका छन् ।
    
यस्ता छन् छायानाथ रारा नगरपालिकाका सय दिनमा भएका मुख्य काम :
 
१. बजारको फोहोर व्यवस्थापनमा जोड 
२. स्वास्थ्य , शिक्षाको निरन्तर छड्के अभियान
३. बजारमा डस्विन व्यवस्थापन
४. खानेपानीका पाइप व्यवस्थापन 
५. नगर सुधार गृहको कार्यविधि पास 
६. नक्सा पास कार्यविधि निर्माण
७. पशुपालन कार्यविधि निर्माण 
८. विपत् व्यवस्थापन केन्द्र स्थापना
९. सडक मर्मत तथा निर्माण फुली, लुम्स, ठिनी, बालै, चैनभीरलगायत स्थानमा 
१०. मासिक बैठक निरन्तर
११. बियर तथा सिसा संकलन
१२. नगर प्रहरी सामाजिक कार्यमा परिचालन 
१३. करको दायरा राजश्व संकलनमा जोड
१४. रंगशाला निर्माणको लागि पहल
१५. हाटबजार व्यवस्थापनको लागी पहल 
१६. बसपार्क व्यवस्थापनको लागी सार्वजनिक शौचालय निर्माण
१७. पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा
१८. गमगाढ हाइड्रोपावर २ सञ्चालनको लागी मन्त्रालय बाट अनुमित 
१९. डाक्टर व्यवस्थापनका लागी कर्णाली प्रदेश सरकारसँगको समन्वय 
२०. आव २०७८ , ७९को वार्षिक बजेट काम अनुसारको मात्रै भुत्तानी
२१. विमानस्थलमा र गमगढी बजारमा फ्री वाईफाई राख्ने नीति कार्यान्वयन गरिएको  
२२. पशुपालन कृषक लाई सामाग्री वितरण 
२३. सुनौला हजारका महिलाहरूलाई पोषण सामाग्री वितरण 
२४. रातो किताब छपाई 
२५. योजना सम्झौता गर्दा ३ वटा कागज प्राविधिक, उपभोक्ता समिति र समावेशी

साथै जिल्लामा रहेका सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिका मध्ये पहिलो पटक छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले आफू निर्वाचित भई सकेपछि सय दिनभित्र गरेका प्रगति विवरणहरूको सार्वजनिक गर्ने पहिलो जनप्रतिनिधि हुन् ।   

जुम्लाको तातोपानी गाउँपालिकाले पनि आफ्नो सय दिनको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय चुनाव २०७९ वाट निर्वाचित भए पछि जुम्लाको तातोपानी गाउँपालिका का नयाँ जनप्रतिनिधिहरूले सय दिन पुगेसँगै आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । न्युज कारखाना

वीरेन्द्रनगर नगरपालिकाको सडक क्षेत्रका संरचना हटाउन निर्देशन

इकागज | भदौ २२, २०७९

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्द...

कर्णाली एमालेबाट हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ महिला अनिवार्य

इकागज | भदौ २१, २०७९

सुर्खेत । आगामी  मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डाक्‍टर साहलाई पक्राउ पुर्जी जारी

इकागज | भदौ २१, २०७९

कर्णाली- जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा...

होला त पूर्वमन्त्री रावल र मुख्यमन्त्री शाहीबीच प्रतिस्पर्धा ?

लक्ष्मी भण्डारी | भदौ २०, २०७९

सुर्खेत- पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य दल रावल हुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको उ...

जुम्ला कांग्रेसले सिफारिस गर्‍यो ५३ जनाको नाम, सेजुवाल प्रत्यक्ष र समानुपातिक दुवैतर्फ

इकागज | भदौ १९, २०७९

जुम्ला- नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा प...