सुदूरपश्चिम

एमाले फुटेपनि सुदूरपश्चिम सरकार सुरक्षित छ : मुख्यमन्त्री भट्ट

इकागज | भदौ १०, २०७८

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमालेको अन्तरकलहले आफू नेतृत्वको सरकारलाई कुनै असर नपार्ने दाबी गरेका छन् । प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्लाका पदाधिकारीहरूसँग बिहीबारको भेटमा मुख्यमन्त्री भट्टले यस्तो दाबी गरेका हुन् ।

‘एमाले विभाजनको पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने कुरा भ्रम मात्र हो,’ भट्टले भने, ‘विकसित राजनीतिक घटनाक्रमले नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको प्रदेश सरकारको स्थायित्वमा कुनै असर पदैन ।’  छलफलमा उनले विगतका कमजोरीहरूलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढेको बताए ।

मुख्यमन्त्री भट्टले विकास विरोधी तत्वहरुले प्रदेश सरकारविरुद्ध विभिन्न प्रपञ्च रचेको भए पनि त्यसलाई चिर्दै आफू अगाडि बढिरहेको दाबी गरे । उनले पत्रकारहरूको हकहितका लागि प्रदेश सरकारले आमसञ्चार नीति ल्याउने तयारी गरिरहेको जनाए । उनले सञ्चारमाध्यमहरूको संस्थागत विकास र पत्रकारको पेशागत क्षमताका लागि चालु आर्थिक वर्षमा आफ्नै पहलमा विभिन्न कार्यक्रम ल्याएको उल्लेख गरे ।

कर्णाली गाँउ पसेपछि टीकापुर नगरपालिका-५ शाहीपुरका बासिन्दालाई सुरक्षित स्थानमा सारियो

इकागज | भदौ ९, २०७८

कैलाली - कर्णाली नदी गाउँ पस्‍ने खतरा बढेपछि स्थानीयलाई सुरक्षीत स्थानमा सारिएको छ। कर्णाली नदीले ट...

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको समानान्तर कमिटी गठन

इकागज | भदौ ९, २०७८

धनगढी - राष्ट्रिय जनमोर्चा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष लोकेन्द्र लम्सालले समानान्तर कमिटी गठन...

तुइन काटिदिँदा मृत्यु भएका धामीको परिवारलाई कांग्रेसको आर्थिक सहयोग

इकागज | भदौ ९, २०७८

काठमाडौँ - नेपाली कांग्रेस बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिले तुइन काटिदिएर मृत्यु भएका जयसिंह ...