सुदूरपश्चिम

धनगढीका लागि सुख्खड पुगिसकेको जहाज जब नेपालगञ्ज फर्कियो...

इकागज | भदौ २९, २०७८

कैलाली : काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेको छ । मौसम खराब भएका कारण धनगढी विमानस्थलमा अवतरण हुन नसकेको जहाजले नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

मौसम सुधार हुने आशामा जहाजले घोडाघोडी नगरपालिकाको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएको थियो । तर मौसम नसुध्रिएपछि विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

मौसमकै कारण साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज झण्डै ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए । मौसम खराब हुँदा केही समय आकाशमै होल्ड हुनु परेपछि केही यात्रु आत्तिएका थिए ।  

मौसममा सुधार भएपछि नेपालगञ्ज विमानस्थलमा इन्धन भरेर केहीबेरअघि जहाज धनगढी विमानस्थलमा अवतरण गरेको छ । 

भट्ट र रावलद्वारा एमाले सुदूरपश्‍चिम प्रदेश संयोजक दाबी

दीपक उपाध्याय | भदौ २९, २०७८

कैलाली - नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्...

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने

इकागज | भदौ २८, २०७८

कैलाली - नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमा...

सुदूरपश्चिम समाजवादी दलको नेता तामाङ कि सोडारी ? संसदीय दलको बैठक बस्‍दै

इकागज | भदौ २८, २०७८

कैलाली - नेकपा एमालेबाट विभाजनपछि सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजव...