सुदूरपश्चिम

ट्रयाक्‍टरबाट लड्‌दा एकको मृत्यु

इकागज | असोज १३, २०७८

कैलाली- ट्रयाक्‍टरबाट लड्‌दा एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-४ राजिपुरबाट बालुवागडा तर्फ गइरहेको से २ त ७१ नम्बरको ट्रयाक्‍टरबाट खसेर घाइते भएका सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गौरीगंगा सामुदायिक वन नजिकै गौरीगंगा नगरपालिका ४ राजिपुर बस्‍ने कर्णबहादुर खत्रीले चलाएको ट्रयाक्‍टरमा काम गर्ने चौधरी ट्रयाक्‍टरबाट खसेर घाइते भएका थिए । 

चौधरीलाई उपचारको लागि धनगढीस्थीत निसर्ग अस्पतालमा ल्याइएको भएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रयाक्‍टर चालक र ट्रयाक्‍टर जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको जनाइएको छ।

अस्‍पतालमा सुत्‍केरीको मृत्‍यु प्रकरण: न्याय माग्‍दै मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन

इकागज | असोज १२, २०७८

कैलाली - धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका लागि न्यायको माग गर्दै विद्यार्थीहरूले प्...

नवजीवन अस्पतालले भन्यो : चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको होइन

इकागज | असोज १०, २०७८

कैलाली - धनगढीको नवजीवन अस्पतालले उपचारको क्रममा सुत्केरीको ज्यान गएको विषयमा चिकित्सकहरूले कुनै लापरब...