सुदूरपश्चिम

सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोभिड-१९ संक्रमितको मृत्यु

इकागज | असोज ४, २०७८

कैलाली - धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । सुर्मा गाउँपालिका–४ का बझाङका ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

योसँगै सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १९४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जनामा कोभिड-१९ देखिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। अस्पतालमा ९ जना कोभिड-१९ संक्रमित उपचाररत रहेको बताउँदै सूचना अधिकारी श्रेष्ठले ४ जनाको आइसीयुमा, २ जनाको भेन्टिलेटरमा र अन्यको कोभिड वार्डमा उपचार भइरहेको बताए ।

माधव नेपालको पार्टीको विधान मस्यौदा मैले तयार गरेको होइन- भीम रावल

इकागज | भदौ ३१, २०७८

डोटी- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनत...