सुदूरपश्चिम

मानव बेचबिखन नियन्त्रणमा कैलाली प्रहरी उत्कृष्ट

इकागज | भदौ ३०, २०७८

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखनबिरुद्ध कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको छ । देशभरीका ७७ वटा प्रहरी कार्यालयसहित सम्पूर्ण प्रहरी युनिटहरुमध्ये जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालयलाई मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि उत्कृष्ट कार्य गरे वापत आज मन्त्रालयमा सम्मान गरिएको हो । एसपी विश्व अधिकारीले उत्कृष्ट कार्यालयको पुरस्कार ग्रहण गरेका थिए । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानव बेचबिखनलाई गम्भीरतापूर्वक लिदै त्यस्ता घट्ना नियन्त्रणका लागि प्रयास गर्ने र त्यस्ता घट्नामा संलग्न व्यक्तिहरुविरुद्ध मुद्दा दर्तादेखि पीडितलाई न्याय दिलाउन उत्कृष्ट कार्य गरेकोले सम्मान गरेको जनाएको छ ।
 

भट्ट र रावलद्वारा एमाले सुदूरपश्‍चिम प्रदेश संयोजक दाबी

दीपक उपाध्याय | भदौ २९, २०७८

कैलाली - नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्...