सुदूरपश्चिम

हत्या आरोपमा दुई पक्राउ

इकागज | असोज १८, २०७८

बैतडी- दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार  घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

विजयका बुबा वीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका-५ का अशोक, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराएका थिए ।

किटानी जाहेरीपछि जिल्ला अदालतबाट अनुमति मागेर उनीहरूको नाममा पक्राउ पूर्जी जारी गरिसकेपछि आज समातेको हो । उक्त घटनामा संलग्न रहेका लक्ष्मण र राजेन्द्र भने फरार रहेका र उनीहरूको खोजी जारी रहेको छ ।

युवा सङ्घ नेपाल बैतडीका सदस्यसमेत रहेका विजय गत भदौ १० गते साथीसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्ने भिरबाट लडेर गम्भीर घाइते भएका बताइएको थियो । घाइते युवकको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।

लडेको भनिएको ठाउँमा त्यस्तो भिर नभएको र विजयसँग भएकाले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको मृतकका बुबा भाटको दाबी रहेको छ । प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी पक्राउ परेकामथि र घटनाबारे  अनुसन्धान गर्ने जनाएको छ । रासस

सुदूरपश्चिममा कोभिड संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने दोब्बर

इकागज | असोज १७, २०७८

कैलाली – सुदूरपश्चिम प्रदेशमा आइतबार कोभिड संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेक...

शेखर, अर्जुननरसिंहलगायतका नेता डडेल्धुरामा, ११ दिनदेखि जारी कांग्रेस डडेल्धुराको अनशन स्थगित

इकागज | असोज १७, २०७८

कैलाली - नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी रहेको रिले अनशन स्थगित गरेको छ । कांग्...

सीमामा दोहोरो मापदण्‍ड: भारतीय सहजै आउँछन्, नेपाली जान पाउँदैनन्

सुभाष कर्ण | असोज १६, २०७८

जनकपुरधाम - नेपाल सरकारले भारतसँगको सीमानाका खोल्ने गरेको निर्णय गरेको १० दिनपछि कार्यान्वयनमा आ...