सुदूरपश्चिम

तुइन काटिदिँदा मृत्यु भएका धामीको परिवारलाई कांग्रेसको आर्थिक सहयोग

इकागज | भदौ ९, २०७८

काठमाडौँ - नेपाली कांग्रेस बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिले तुइन काटिदिएर मृत्यु भएका जयसिंह धामीको परिवारलाई नगद सहयोग गरेको छ । समितिले दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं २ निवासी धामीको परिवारलाई गाउँपालिकाका अध्यक्ष  दिलिप सिं बुढाथोकीमार्फत समितिले २५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

समितिका संयोजक केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्‍नेतले रकम गाउँपालिका अध्यक्ष बुढाथोकीमार्फत हस्तान्तरण गरेका हुन् । उनको १५ साउनमा तुइन काटिदिँदा मृत्यु भएको थियो ।