सुदूरपश्चिम

कर्मचारी मृत फेला

इकागज | असार २१, २०७८

बैतडी : सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४:३० बजे  सिगास-२ कुर्चेनेटा भन्‍ने स्थानमा मृत भेटिएका हुन्  ।  उनले भने, 'नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्‍ने बुझिएको छ ।'

गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ । भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

सुदूरपश्‍चिमका अर्थमन्त्रीले विनियोजन गरे आफ्नै कुलदेवताको मन्दिरलाई एक करोड

नवराज पनेरु | असार १७, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समुदाय र जात विशेषका मन्दिर नि...

अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

इकागज | असार १७, २०७८

धनगढी : अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरी महिलामाथि अभद्र व्यवहार...