सुदूरपश्चिम

महाकाली नदीको बीचमा फसेका तीन जनाको उद्धार

इकागज | असार ५, २०७८

कञ्चनपुर : महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र  भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ । भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो ।
 
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बिओपी गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो । रासस 

महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदी छेउमा नजान प्रहरीद्वारा माइकिङ

इकागज | असार ५, २०७८

धनगढी : महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खत...

मुख्यमन्त्रीको मौलिक चाल : भएको पैसा खर्च नगर्ने, 'बजेट अभाव' भन्यो हिँड्याे !

नवराज पनेरु | असार ३, २०७८

धनगढी : ३१ जेठमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा बैठकमा सुदूरपश्चिमका मुख्यमन्...