सुदूरपश्चिम

सुदूरपश्चिममा ओली समूहका ७ सांसद निलम्बन

इकागज | जेठ ३१, २०७८

धनगढी : नेपका एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले ७ संसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संसदीय दलले निलम्बन गरेका सांसद पुर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी, ग्याल्बु बोहरा रहेका छन् । संसदीय दलले जारी गरेको ह्वीप पटकपटक उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गा बिकले सांसदबाट मुख्यमन्त्री त्रिलोचल भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलले जारी गरेको ह्वीप उलंघन भएको बताइन् । 'केही सांसदलाई ५ दिन, केहीलाई ७ दिन र केहीलाई १५ दिन निलम्बन गर्ने निर्णय भएको छ', प्रमुख सचेतक बिकले भनिन् ।

बैतडीमा असार १५ सम्म निषेधाज्ञा : बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्‍ने

इकागज | जेठ ३१, २०७८

बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  आजसम्म ज...

प्रदेश सांसद मल्लले भनिन्, ‘गाँजा खेती अत्यन्तै जरुरी छ, वैधानिकता दिनपर्छ’

इकागज | जेठ २९, २०७८

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्‍चिम प्रदेशसभामा आवाज उठेको छ । सुदूरपश्‍चिम प्...