सुदूरपश्चिम

मट्टिटेल छरेर महिलाको शरीरमा आगो लगाउने व्यक्ति फरार

इकागज | जेठ १६, २०७८

डोटी : आदर्श गाउँपालिका-४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् । 

उनी आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले आगो लगाउने व्यक्तिको खोजी कार्य जारी रहेको बताए । 

उनले भने, “लक्ष्मीलाई आगो लगाउने व्यक्तिका विषयमा प्रहरीले ९० प्रतिशत प्रमाण जुटाइसकेको छ, केही दिनमा प्रक्राउ गरी सबै कुरा बाहिर ल्याउछौँ ।” आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

निज महिलाको कम्तीमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । आगोले जलेकी लक्ष्मीको अवस्थाका सुधार हुँदै आएको बताइएको छ । घटना घटेलगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार रहेकाले प्रहरीले उनीमाथि शङ्का गरेको हुनसक्ने अनुमान गरिएको छ । रासस
 

श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या

इकागज | जेठ १६, २०७८

धनगढी : कोभिडले श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रह...

सुदूरपश्‍चिममा माओवादीभित्रको विवाद छताछुल्ल, दाहालमाथि खनिए नेता-कार्यकर्ता

नवराज पनेरु | जेठ १५, २०७८

धनगढी: केन्द्रको ठाडो निर्देशनमा शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्ता...

सुदूरपश्‍चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

नवराज पनेरु | जेठ १५, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीक...

जब शपथ ग्रहणपछि पनि मन्त्रीले आफ्नो मन्त्रालय थाहा पाएनन् !

नवराज पनेरु | जेठ १४, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका छ्न्&n...

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन : ४ मन्त्री र ४ राज्यमन्त्री थपिए

नवराज पनेरु | जेठ १४, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । शुक्रबार ४ मन्त्री र ४ राज्यमन्त्री थप...

सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री र वनमन्त्रीलाई एमालेले फिर्ता बोलायो, नयाँ मन्त्री नियुक्त हुँदै

इकागज | जेठ १४, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको कार्यालयले सामाजिक विकासमन्त्री र वनमन्त्रीलाई फि...