सुदूरपश्चिम

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

इकागज | असार १४, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । १ असारमा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र एमालेको ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहको समर्थनले बजेट पारित भएको हो । यसअघि बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिबद्धता व्यक्त गरे ।
 

कञ्चनपुरका स्थानीय तहका कार्यक्रम : जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह भत्ता

इकागज | असार १२, २०७८

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ । नगर...

सुदूरपश्‍चिममा घट्दै कोभिड संक्रमण र मृत्युदर : पछिल्‍लो दुई दिन यता मृत्यु दर शून्य

इकागज | असार १२, २०७८

सुदूरपश्चिम : कोभिड-१९ को दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा सङ्क्रमितको मृत्यु द...

केन्द्रको सर्कुलरसँगै जिल्लामा बढ्यो कांग्रेस महाधिवेशनको चहलपहल

इकागज | असार ११, २०७८

महेन्द्रनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी...