सुदूरपश्चिम

वर्षाको बाटो

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, १० जना घाइते

इकागज | असार २०, २०७८

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिगास गाउँपालिका–३ बाट डडेल्धुराका लागि छुटेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। अहिले प्रहरी चौकी ठाँटा र खोड्पेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । 

सुदूरपश्‍चिमका अर्थमन्त्रीले विनियोजन गरे आफ्नै कुलदेवताको मन्दिरलाई एक करोड

नवराज पनेरु | असार १७, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समुदाय र जात विशेषका मन्दिर नि...

अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

इकागज | असार १७, २०७८

धनगढी : अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरी महिलामाथि अभद्र व्यवहार...