सुदूरपश्चिम

डोटीमा आज रातिबाट निषेधाज्ञा

इकागज | बैशाख २१, २०७८

डोटी : जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ ।  कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् । रासस

सुदूरपश्चिममा २४ घण्टामा १४ संक्रमितको मृत्यु, ३४३ संक्रमित थपिए

इकागज | बैशाख २०, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य न...

गेटा मेडिकल कलेजमा पाँच सय शय्याको अस्थायी कोभिड अस्पताल

इकागज | बैशाख २०, २०७८

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा कोरोना नियन्त्रणका लागि सुदूरपश्चिमका फोकल पर्सन लेखराज भट्ट...