सुदूरपश्चिम

कैलालीका २७८ सहित सुदूरपश्चिमका थप ३६९ जनामा कोभिड संक्रमण पुष्टि

इकागज | बैशाख २३, २०७८

धनगढी : कैलालीका दुई सय ७८ सहित सुदूरपश्चिमका थप तीन सय ६९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ सय ५० जनामा परीक्षण गर्दा तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढीका एक सय १७ र अन्य स्थानीय तहका एक सय ६१ जना रहेका छन् । यस्तै सुदूरपश्चिमका अन्य जिल्लाका ९१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रादेशिक अस्पतालमा अहिले ५८ जना गम्भीर प्रकृतीका संक्रमितको उपचार भइरहेको छ । २० जनाको आइसियू, तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्यको अक्सिजन सहायतामा उपचार भइरहेको अस्पतालले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६ जना संक्रमण मुक्त भएका छन् भने १४ जना अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचाररत थप चार जना संक्रमितको मृत्यु भएको छ । 

अस्पतालको इमर्जेन्सी वार्ड र ग्यालरी बिरामीले भरियो, सेनाले प्राङ्गणमै लगायो टेन्ट

इकागज | बैशाख २३, २०७८

धनगढी : सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डसंगै जोडिएको ग्यालरी र पेटी बिरामीले भरिएपछि नेपाली से...

सुदूरपश्‍चिममा चार दिनमा ४४ जना कोभिड-१९ संक्रमितको मृत्यु

इकागज | बैशाख २२, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार दिनमा ४४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य...

डोटीमा अझै बनेन क्‍वारेन्टाइन, भारतबाट फर्किएका गाउँ जाँदा कोभिड सङ्क्रमणदर बढ्‍दै

इकागज | बैशाख २२, २०७८

डोटी : दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले...

अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर किन्दै सुदूरपश्चिम सरकार

इकागज | बैशाख २१, २०७८

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले पाँच सय अक्सिजन सिलिन्डर र एक सय अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्...