सुदूरपश्चिम

कैलाली र कञ्‍चनपुरमा एकै दिन ६ जना कोभिड संक्रमितको मृत्यु

इकागज | बैशाख १६, २०७८

धनगढी : कैलाली र कञ्चनपुरमा थप ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । आज बिहानै कैलालीमा तीन र कञ्चनपुरमा तीन जना संक्रमितको मृत्यु भएको हो । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

उनको संक्रमण पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएको उनले जानकारी दिए । यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहीबार बिहान १ बजे, महाकाली नगरपालिकाका ३० वर्षीय युवकको साढे १२ बजे र भीमदत्त नगरपालिका–१८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । 

स्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो । यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनी भारतबाट आएका थिए ।

टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

इकागज | बैशाख १६, २०७८

टीकापुर : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्य...

दिल्लीमा अक्‍सिजन पाइएन, उपचार गर्न महेन्द्रनगर ल्‍याउँदै गर्दा बाटोमै मृत्‍यु

इकागज | बैशाख १५, २०७८

धनगढी : सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष मनोज भट्टको कारोना संक्रमणक...