सुदूरपश्चिम

कोभिड संक्रमण

कैलालीमा १० दिन विद्यालय बन्द गर्न प्रशासनको आग्रह

इकागज | बैशाख ५, २०७८

धनगढी : कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गर्ने भएको छ । संकट व्यवस्थापन समितिको बैठकले १० दिन विद्यानलय बन्द गराउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमणको हिसाबले कैलाली जिल्लालाई उच्च जोखिममा राखेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘विद्यालय बन्द गराउने अधिकार प्रशासनलाई छैन् । त्यसैले स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेका हौँ ।'

स्वास्थ्य मन्त्रालयले कैलालीसहित उच्च जोखिममा रहेका १४ जिल्लाका सहरी विद्यालय बन्द नभए लकडाउन गर्न पर्ने स्थित आउन सक्ने जनाएको थियो । कैलाली भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

कैलालीमा कोभिड-१९ जोखिम बढ्दो, विद्यालय बन्द गर्ने विषयमा छलफल नै भएन

नवराज पनेरु | बैशाख ३, २०७८

धनगढी : कोभिड–१९ जोखिम बढ्दै गए पनि कैलालीका सहरी क्षेत्रमा विद्यालय विद्यालय बन्द गर्ने विषयमा छल...