सुदूरपश्चिम

सुदूरपश्‍चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति

नवराज पनेरु | चैत २९, २०७७

धनगढी : सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ । धनगढीमा दुई दिनसम्म चलेको प्रदेश समितिको आठौँ बैठकले जिल्ला र जनसंगठनका समिति समानान्तर समिति बनाएको निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । बैठकले जिल्ला र प्रदेश समितिमा समानान्तर समिति बनाएको छ भने बैठकले संगठनलाई समानान्तर समिति गठन गर्न निर्देशन दिएको छ ।
 
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कञ्‍चनपुरमा अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई जिम्मेवारी दिइएको प्रदेश समितिले जनाएको छ ।

बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ ।
 
अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ । रिक्त पदाधिकारी पूर्ती गर्न जिल्ला समितिलाई निर्देशन दिइएको छ । कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश समितिले जनाएको छ । 

नौँ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनमा पनि समानान्तर समिति बनाउन निर्देशन दिइएको पार्टीका सुदूरपश्‍चिम इञ्‍चार्ज भीम रावलले जानकारी दिए । बैशाखदेखि असार १५ गतेसम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको रावलले बताए ।
 
यस्तै नेकपा (एमाले) सुदूरपश्‍चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । पार्टी विभाजन गर्न संलग्‍न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेबारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो । 
 

कैलालीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, पूर्वपश्‍चिम राजमार्ग अवरुद्ध

इकागज | चैत २८, २०७७

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, भएको छ । पूर्वपश्‍चिम राजमार्गअन्तरगत जिल्ला...

२७ वर्षपछि पक्राउ

इकागज | चैत २८, २०७७

कञ्‍चनपुर : डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले ...

पत्रकार महासंघ सुदूरपश्‍चिमको अध्यक्षमा रावल, कुन जिल्लामा कसले जिते ?

इकागज | चैत २७, २०७७

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन् । प्रेस ...