सुदूरपश्चिम

अवैध रकमसहित दुई पक्राउ

इकागज | फागुन १३, २०७७

कञ्‍चनपुर : दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । 

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका-१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५०० दरको ३४८ थान गरी भारतीय रु तीन लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दुवैबाट नेपाली रकम रु २७ हजारसमेत बरामद भएको छ । 'भारतीय र नेपाली रकम गरी दुवैबाट रु पाँच लाख सात हजार रकम बरामद भएको छ,'  उनले भने, 'यसका अतिरिक्त कुकुर बाँध्‍ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको छ ।' विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ । रासस

प्रधानाध्यापकले कुटाइबाट छात्रा बेहोस, उपचारका लागि अस्पताल भर्ना

इकागज | फागुन ११, २०७७

कञ्चनपुर : भीमदत्त नगरपालिका-९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्...

फरुवा प्रहार गरी श्रीमानको हत्या, बुहारी र नातिको कुटपिटबाट घाइते हजुरबुबाको मृत्यु

इकागज | फागुन ११, २०७७

कञ्‍चनपुर : बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन्...

कञ्‍चनपुर पुगेर प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन - निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्नुस्

नवराज पनेरु | फागुन १०, २०७७

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका हत्यारालाई अविल...